झापा, २०८२ साउन ७ गते । झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित सुभ बिहानी टोलमा रहेको सुँगुर फर्मभित्र आज बिहान ०६:३० बजे एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सरोज लावतीले संचालन गर्दै आएको उक्त फर्ममा कार्यरत ६५ वर्षीय डम्बर ब. मगर, जो भारतको सिक्किम राज्यका बासिन्दा भएको बताइएको छ, ओछ्यानमै मृत अवस्थामा फेला परेका हुन्।
घटनास्थलमा तत्काल प्रहरी पुगेर कानुनी प्रकृया सम्पन्न गरेको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
मृतकका आफन्तहरू भारतको सिक्किममै बसोबास गर्दै आएका जानकारी प्राप्त भएको छ र उनीहरूलाई जानकारी गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। हाल घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईप्रका बिर्तामोडले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1







