कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा रहेको एक कृषि फर्मको पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार दिउँसो बुद्धिराज एग्रो कृषि फर्मभित्र रहेको पोखरीमा डुबेर कुशल खनालको ज्यान गएको हो। पोखरीमा डुबेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार