हल्दिबारीकी छोरी निर्देशिका ‘भ्वाइस अफ किड्स सिजन ४’ को सेमिफाइनलमा प्रवेश
झापा जिल्लाको हल्दिबारी गाउँपालिका–३ की बाल गायिका निर्देशिका अछामी चर्चित गायन रियालिटी शो ‘भ्वाइस अफ किड्स सिजन ४’ मा आफ्नो सशक्त प्रस्तुति र गायन प्रतिभाबाट सबैको मन जित्दै सेमिफाइनलमा प्रवेश गरेकी छन्।
सानै उमेरदेखि संगीतप्रति गहिरो रुचि राख्ने निर्देशिकाले हालसम्मका एपिसोडहरूमा एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिँदै निर्णायकहरू, दर्शक तथा अनलाइन मतदाताको मन जित्न सफल भएकी हुन्। नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेकी नयाँ प्रतिभा निर्देशिकाले राष्ट्रिय स्तरको यो मंचमा हल्दिबारी र झापा जिल्लाकै नाम उजागर गरेकी छन्।
उनको यो सफलताको खबरले हल्दिबारीवासीमा हर्ष र गर्वको लहर छाएको छ। स्थानिय जनप्रतिनिधि, विद्यालय, सांस्कृतिक संघसंस्था तथा शुभेच्छुकहरूबाट उनलाई सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाहरू दिइएको छ।
निर्देशिकालाई आगामी चरणमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिंदै सम्पूर्ण हल्दिबारीवासी तथा झापा जिल्लावासीहरूलाई मतदानमार्फत सहयोग गरिदिन अपिल गरिएको छ।
तपाईं पनि निर्देशिकालाई समर्थन गर्न सक्नुहुन्छ यो नेपाली प्रतिभाको यात्रामा तपाईंको एक मतले ठूलो परिवर्तन ल्याउन सक्छ।
निर्देशिकालाई हामी सम्पूर्ण नेपालीको तर्फबाट सेमिफाइनल प्रवेशको लागि हार्दिक बधाई तथा आगामी फाइनल चरणमा सफलताको शुभकामना व्यक्त गर्दछौं।







