काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आज (बुधबार) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जानकारी दिएको छ।
प्रहरी कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षमा मर्मत–सम्भारको कार्य हुने भएकाले सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको हो।
अवरुद्ध हुने चार घण्टाको अवधिमा अत्यावश्यक सेवाका लागि वैकल्पिक सम्पर्क माध्यम प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ। प्रहरीले भनेको छ, “यो असुविधिका लागि क्षमाप्रार्थी छौँ, कृपया वैकल्पिक सम्पर्कका माध्यम प्रयोग गर्नुहोला।” प्रहरीले सेवा पुनः नियमित भएसँगै जानकारी सार्वजनिक गर्ने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







