झापा, साउन १४ । झापा जिल्लाको हल्दीवारी गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडिको खुला चौरमा सशस्त्र प्रहरी बलको गुल्मबाट प्रहरी निरीक्षक बिन्देश्वर यादवको कमाण्डमा आज अन्दाजी दिनको २ बजेबाट १० जनाको टोली खटिई जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
सो कार्यक्रममा सोही वडा क्षेत्रका विद्यार्थीहरू, शिक्षकहरू तथा स्थानीयवासीहरू गरी करिब १५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा एल.पी. ग्याँस प्रयोग गर्दा हुन सक्ने सम्भावित जोखिम, त्यसबाट जोगिन अपनाउनु पर्ने सतर्कता र आगलागी नियन्त्रणका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको उद्देश्य नागरिकहरूलाई दैनिक प्रयोगमा आउने ग्यासका कारण उत्पन्न हुन सक्ने जोखिमप्रति सचेत गराउनु र विपद् अवस्थालाई न्यून गर्न पूर्वतयारी सुनिश्चित गर्नु रहेको आयोजक पक्षले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
+1
+1
+1
+1







