झापा जिल्लाको मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगी भित्री सडक खण्डमा आज बिहान एक स्कुल भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। पारिजात पब्लिक स्कुलतर्फ जाँदै गरेको मे.१ ज. ३१०७ नम्बरको स्कुल भ्यान अचानक अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते हुनेहरूको सूची निम्न प्रकार रहेको छ:

घाइतेहरू (B&C अस्पताल, बिर्तामोडमा उपचाररत):

१. गणेश श्रेष्ठ, ४५ वर्ष, भ्यान चालक – टाउकोमा चोट, अवस्था मध्यम
२. सबिस्का राई, ६ वर्ष – टाउकोमा चोट, बोल्न सक्ने, अवस्था मध्यम
३. समिरा बिसुङ्खे, ४ वर्ष – टाउको र हातमा चोट, बोल्न सक्ने, अवस्था मध्यम
४. संयोग बिसुङ्खे, १२ वर्ष – सामान्य उपचारपछि B&C अस्पताल रेफर
५. सोबिस्का राई, ६ वर्ष – सामान्य उपचारपछि B&C अस्पताल रेफर
६. अंगु बराई मगर, ९ वर्ष – सामान्य उपचारपछि B&C अस्पताल रेफर
७. प्रिति सिवा, २३/२४ वर्ष, शिक्षक – टाउकोमा चोट, बोल्न सक्ने, सामान्य अवस्थाबाट B&C अस्पतालमा रेफर

घाइतेहरू (आम्दा अस्पताल, धुलाबारीमा उपचाररत):

८. आदित्य राई, १० वर्ष
९. सदिक्षा काफ्ले, ११ वर्ष
१०. सोहित राजवंशी, ११ वर्ष
११. आयान सुब्बा, ११ वर्ष
१२. अनुराग तामाङ, ११ वर्ष
१३. कृष्पा राई, १२ वर्ष
१४. आयानि बि.क., १२ वर्ष
१५. प्रनिस राई, ११ वर्ष
१६. समर्पण राई, ९ वर्ष
१७. समिरा बिसुङ्खे, ४ वर्ष
१८. सुसिता किसान, ६ वर्ष
१९. तानसोना लिम्बु, ६ वर्ष
२०. सेसेहाङ लिम्बु, ७ वर्ष

दुर्घटनापछि भ्यान इलाका प्रहरी कार्यालय (इ.प्र.का) धुलाबारी, झापाको नियन्त्रणमा लिइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय धुलाबारीबाट करिब ४ कि.मि उत्तर पर्छ। घटना जानकारी पाएलगत्तै प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। हाल घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार