हल्दिबारी (झापा) — जेसीआई हल्दिबारीको आयोजनामा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘स्पिच स्टार सिजन १’ सोमबार सम्पन्न भएको छ।

श्रावण १९ गते भएको प्रतियोगितामा हल्दिबारी गाउँपालिकाभित्रका २० वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा क्यानरी एकेडेमीकी पुष्पा दंगाल प्रथम घोषित भइन्। सनसाइन अंग्रेजी बोर्डिङकी दिया पौडेल दोस्रो र कृष्णसागर इङ्लिस बोर्डिङकी युनिसा न्यौपाने तेस्रो स्थानमा रहे। चिल्ड्रेन गार्डेन एकेडेमीकी समीक्षा न्यौपाने र समस्कारा शिक्षा सदनकी सिकुम योङहाङ ले सान्त्वना पुरस्कार प्राप्त गरे।
विजेता विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको मुल्यांकन निर्णायक गोमा भट्टराई, भेषजा काफ्ले र बद्रीनारायण राजवंशीले गरेका थिए। अध्यक्षता जेसी युनिता दवाडीले गरेकी थिइन्।







