हल्दीबारी ,झापा । हल्दीबारी गाउँपालिका–४ कुमाल बस्तीमा ट्रान्सफर्मरको अर्थिङ तार चोरी गर्ने क्रममा फरार भएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत साउन २१ गते बिहान, दुई जना मे १० प ८१४७ नम्बरको निलो मोटरसाइकलमा आएर तार काट्दै गरेको देखेपछि स्थानीयले रोक्न खोज्दा उनीहरू मोटरसाइकल त्यही छोडेर भागेका थिए।
प्रहरीले मोटरसाइकलको आधारमा अनुसन्धान गर्दै बिर्तामोड–३ बिराटपोखरका करिब २५ वर्षीय अमृत अधिकारीलाई शुक्रबार दिउँसो जलथल प्रहरी चौकीबाट खटिएको टोलीले घरमै पुगेर नियन्त्रणमा लिएको हो।
घटनास्थलमा रहेका स्थानीयले पक्राउ परेका अधिकारी को पहिचान गरेपछी,पक्राउ परेका अधिकारी र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ भने फरार अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
3
+1
2
+1
+1
+1







