झापा, गौरादह । गौरादह नगरपालिका–४ जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ।
शनिबार बिहान करिब १० बजे आफ्नै घरको भान्सा कोठामा सामान सार्ने क्रममा उनलाई सर्पले टोकेको थियो।
प्रारम्भिक उपचारपछि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्याइए पनि राति ८ः३० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







