झापा, हल्दीबारी । हल्दीबारी गाउँपालिका–४ काजली बजारस्थित पवित्र बाबा गणिनाथ मन्दिर परिसरमा भोलि साउन २७ गते मंगलबारदेखि भव्य पाँच दिवसीय श्रीरामकथा महोत्सव सुरु हुँदैछ।

श्री हरि सत्संग समिति नेपालको आयोजनामा हुने यस रामकथामा सुप्रसिद्ध रामकथावाचक  आशाराम मण्डलजीको मुखारबिन्दबाट मर्यादापुरुषोत्तम भगवान श्रीरामको जीवन चरित्र र धर्म, संस्कार, संस्कृति तथा राष्ट्रिय चेतनाबारे मन्त्रमुग्ध वाणी श्रवण गर्न पाइनेछ।

यस आध्यात्मिक पर्वको आतिथ्य श्री श्री १००८ बाबागढीनाथ समावेशी सेवा समिति हल्दीबारी–२ र ४ ले गर्नेछन्। श्री हरि सत्संग समिति नेपालका सदस्य गुणराज कोइरालाका अनुसार कथा, सत्संग र भजनमार्फत आस्था, नैतिकता र सांस्कृतिक जगेर्ना गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।

कथा कार्यक्रम हरेक दिन साँझ ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ र साउन ३१ गते आइतबारसम्म निरन्तर चल्नेछ।

यस अवसरमा आयोजकहरूले विभिन्न धार्मिक संघ–संस्था, श्रद्धालु भक्तजन तथा सम्पूर्ण हल्दीबारीबासीलाई कथा श्रवण गरी पुण्य लाभ लिन हार्दिक आमन्त्रण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार