झापा, बिर्तामोड । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको बिर्तामोडमा साउन ३१ गते विशेष महोत्सव आयोजना गरिने भएको छ।
श्री राधा माधव भजनस्थलीको आयोजनामा अग्रसेन भवनमा हुने कार्यक्रममा दर्शन–आरती, गुरु पूजा, कृष्ण कथा, विश्व शान्ति महायज्ञ, भजन–कीर्तन, वृत्तचित्र प्रदर्शन, बालबालिकाको सांस्कृतिक प्रस्तुति, नाटक, महाभिषेक र ५६ भोग अर्पणजस्ता कार्यक्रम समावेश हुने आयोजकले बताएका छन्।

अध्यक्ष भक्ति सिद्धान्त दास ब्रम्हचारीका अनुसार कार्यक्रमको उद्देश्य भगवान श्रीकृष्ण र गुरुको प्रसन्नता प्राप्त गर्नुका साथै सनातन धर्मको संरक्षण, युवालाई संस्कृतिसँग जोड्ने र हरे कृष्ण महामन्त्रको प्रचार–प्रसार गर्नु हो।

महोत्सवमा झापाका विभिन्न क्षेत्रका साथै भारतको सिलिगुढी र विहारबाट समेत हजारौँ भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ। कार्यक्रममा सहभागीलाई निःशुल्क महाप्रसाद वितरण गरिनेछ।

साँझ ७:३० बजे लोकप्रिय भजन गायक राजु अधिकारी र रोशन अधिकारीसहितको टोलीले भजन–कीर्तन प्रस्तुत गर्नेछन्। सो दिनै वालाजी मन्दिरले आयोजना गर्ने श्रीकृष्ण रथ यात्रामा समेत सहभागिता जनाइनेछ, जसले बिर्तामोड नगर परिक्रमा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार