हल्दीबारी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन दोस्रोपटक पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न रूपन्देही कारागार पुगेका छन्।
भेटपछि लिङ्देनले सामाजिक सञ्जालमा लेख्दै, भैरहवा कारागार सुविधा र सुरक्षाको दृष्टिले अनुपयुक्त भएको बताए। उनले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराउँदै लामिछानेलाई तत्काल काठमाडौंको कारागारमा सार्न आग्रह गरे।
लिङ्देनका अनुसार भेटमा स्वास्थ्य अवस्था, राष्ट्रिय राजनीति, संसदको गतिविधि र रूपन्देहीमा हुने उपनिर्वाचनसहित विभिन्न विषयमा छलफल भएको थियो।
उनले देशको महत्वपूर्ण दलका नेतालाई न्यूनतम सुविधाबाट वञ्चित गरिएको भन्दै दुःख व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







