झापा । करिब डेढ वर्षअघि १६ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा फरार रहेका ५० वर्षीय डिकबहादुर राई पक्राउ परेका छन्।
मुलुकि अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणीको मुद्दामा फरार रहेका राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा मंगलबार बिहान झापाको शिवसताक्षी नगरपालिका–६, शिवगञ्जबाट पक्राउ गरेको हो।
राईमाथि २०८१ साल माघ महिनाको पहिलो सातामा झापाको गौरादह नगरपालिका–९ झम्काचोकमा बस्ने एक नाबालिगलाई धम्की दिई करणी गरेको र गर्भवती बनाएको आरोप छ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत झापामा उपस्थित गराई पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







