झापा । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा रहेको एक ग्यारेजमा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीबाट ग्यारेजभित्र रहेका ६ वटा मेसिन, करिब सात वटा सवारी साधनका इन्जिन जलेर नष्ट भएका छन्। साथै मर्मतका लागि ल्याइएको एक टिपरको अगाडिको भाग आंशिक रूपमा जलेको प्रहरीले जनाएको छ।
बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकलसहित स्थानीय प्रहरी र बासिन्दाको सहयोगमा आगो राति आधा घण्टामै नियन्त्रणमा लिइएको थियो। यस घटनामा मानवीय क्षति भने भएको छैन । सांकेतिक तस्बिर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







