झापा । हल्दिबारी गाउँपालिका–३ मा बृहत श्रमदान र सडक सरसफाइ अभियान उत्साहपूर्वक सुरु भएको छ।

वडा कार्यालयमा भएको सर्वपक्षीय भेलापछि सुरु गरिएको अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति र सहकार्य देखिएको वडा अध्यक्ष विष्णुप्रसाद ओलीले बताएका छन्।

अभियानको पहिलो चरणमा देउनिया पुलदेखि भुसुडी पुलसम्मको सडक क्षेत्रमा रहेका डाले–हाङ्गे घाँस, कोसेबाली र रुख–बिरुवा हटाइएका छन्।

वडाको अगुवाइमा स्थानीय संघ–संस्था र बासिन्दाको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमलाई निरन्तरता दिँदै दोस्रो चरणमा भोलि भुसुडी पुलदेखि काजली पुलसम्म सरसफाइ गरिने जनाएको छ।

वडाले घर–आँगन वरिपरि सफा राख्दै असल नागरिकताको पहिचान दिन सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार