काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा भएको गोलीकाण्ड आफूलाई ‘इन्काउन्टर’ गर्ने उद्देश्यले गराइएको दाबी गरेका छन्।

जेलमुक्त भएपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईंले आफ्नो आन्दोलनप्रति राज्यसत्ता आत्तिएकै कारण गोली प्रहार भएको बताए।

उनका अनुसार तीनकुनेमा कार्यक्रम सुरु हुनुभन्दा ४५ मिनेटअघि नै मञ्च पछाडिबाट गोली प्रहार गरिएको थियो। “अघिल्लो दिनमै ‘तिमीलाई मारिन्छ’ भन्ने चेतावनी दिइएको थियो। राज्य डराएको कारण इन्काउन्टर गर्ने आदेश जारी भएको रहेछ,” प्रसाईंले भने।

त्यस क्रममा उनले देशका ठूला राजनीतिक घटनालाई समेत जोड्दै तत्कालीन राजा वीरेन्द्र र नेकपा एमालेका महासचिव मदन भण्डारीको मृत्यु पनि सत्ताको खेलसँग सम्बन्धित रहेको आरोप लगाए।

“मदन भण्डारी बाँचेको भए अरूलाई अवसर आउँदैनथ्यो। राजा वीरेन्द्रलाई हटाइएपछि हिन्दूराष्ट्रको अस्तित्व टुट्ने खतरा थिएन। यो देशमा कुर्सीका लागि मात्र लुछाचुँडी भइरहेका छन्,” प्रसाईंले आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार