झापा । झापा जिल्लाको कमल गाउँपालिका–३, खानपानी टोल निवासी २१ वर्षीय उज्वल राईको करेन्ट लागी मृत्यु भएको छ।
आज दिउँसो करिब १४:०० बजेतिर ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा रंजित राईका छोरा उज्वल राई आफैंलाई करेन्ट लागी घाइते भई लडी रहेका अवस्थामा आफन्तले देखेका थिए। घटनाबारे प्रचौ केरखामा जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेर उनलाई तत्काल उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्याएको थियो।
तर, अस्पतालमा करिब १५:०० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मृतकको शव हाल दमक अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीका अनुसार यस घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1







