झापा, भदौ ४ । झापा जिल्ला बिर्तामोड नगरपालिका–५ सुगम पेट्रोल पम्प नजिकै पार्किङ गरी राखिएको ना ४ ख ४१८१ नम्बरको ट्रकमा आज बेलुकी करिब अन्दाजी ४:३० बजे अचानक तार सर्ट भई आगलागी भएको छ।

घटनाबारे जानकारी अन्दाजी ४:३५ बजे ईलाका प्रहरी कार्यालय अनारमनीमा प्राप्त हुनासाथ प्रहरी टोली तत्कालै घटनास्थलतर्फ खटिएको थियो। प्रहरी र स्थानीयवासीहरुको सहयोगमा मटरको पानी प्रयोग गरी आगो अन्दाजी ५:०० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीका कारण ट्रकको कागजातसहित अगाडिको क्याबिन भाग (चालक र सहचालक बस्ने स्थान) र इन्जिनको भाग आंशिक रूपमा जलेर करिब रू. ५,००,००० (पाँच लाख) बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हाल ट्रक घटनास्थलमै रहेको र आगलागीको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार