बिर्तामोड । नेपाल चेम्बर अफ कमर्स झापाले आफ्नो ७५ औँ वार्षिकोत्सवको अवसरमा ७५ वटा फलफूल तथा विभिन्न जातका विरुवा वितरण गरेको छ।

बुधबार बिर्तामोडमा आयोजित कार्यक्रममा अध्यक्ष ओमकृष्ण विमलीको अध्यक्षतामा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपाध्यक्ष शान्ता रोक्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

वितरण गरिएका विरुवामध्ये नास्पाती, चार प्रजातिका आँप, कागती, लिची र सफेदा रहेका छन्।

यसै अवसरमा चेम्बरले महिलाहरूको पर्व हरितालिका तीज पनि मनाएको छ। कार्यक्रममा महिलालाई दर खुवाइएपछि नाचगान र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति गरिएको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीले जानकारी दिइन्।

कार्यक्रमको सञ्चालन महासचिव विरोध सुवेदीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार