हल्दीबारी, झापा । जिल्ला प्रहरी कार्यालय, झापाको जीर्ण अवस्थामा पुगेको हिरासत मर्मत–सम्भारका लागि श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समिति हल्दीबारी -४ ले ४५ क्युबिक फिट काठ उपलब्ध गराएको छ।
वन समितिका अध्यक्ष सागर पोर्तेल का अनुसार प्रहरी कार्यालयको आग्रहअनुसार चिरान गरिएको उक्त काठ हस्तान्तरण गरिएको हो।
महिला तथा पुरुषलाई राख्ने गरी सञ्चालन हुँदै आएको प्रहरी हिरासत जीर्ण भएपछि प्रहरी कार्यालयले समितिलाई सहयोगका लागि पत्राचार गरेको थियो।
सोही अनुरूप समितिले चिरान गरिएको ४५ क्युबिक फिट काठ आज जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







