झापा । झापाको शिवसताक्षी नगरपालिका–१०, किरात चौकस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज दिउँसो करिब २ बजे यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

कुन्जिबारी, झापाबाट काँकरभिट्टा तर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकाहरुलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बस र चालक मोरङ उर्लाबारी–४ बस्ने ५६ वर्षीय मोहनलाल राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण :

१. झापा बिर्तामोड–३ की ५३ वर्षीया सुमित्रा कडरिया – बाहिरी चोट नदेखिएको, सामान्य अवस्था।
२. ७० वर्षीया डिक माया खतिवडा – हात र खुट्टामा चोट, अवस्था सामान्य।
३. ५० वर्षीया रुपादेवी उप्रेती – हात र खुट्टामा चोट, अवस्था सामान्य।
४. बाह्रदशी–४ की ४० वर्षीया अस्मिमा खातुन – छाती र घुँडामा चोट, अवस्था सामान्य।
५. उनकी १३ वर्षीया छोरी सावरी खातुन – खुट्टामा चोट, सामान्य अवस्था।
६. ३५ वर्षीया सफिना खातुन – पेटमा चोट, गर्भवती रहेकी, अवस्था मध्यम।
७. उनका ७ वर्षीय छोरा इसाफ आलम – छाती दुखाइ, सामान्य।
८. उनका ३ वर्षीय छोरा फरियाफ आलम – टाउको दुखाइ, सामान्य।
९. शिवसताक्षी–४ की ३६ वर्षीया निर्मला काफ्ले – दाहिने कुम र घुँडामा चोट, अवस्था सामान्य।
१०. त्यही स्थानकी ३४ वर्षीया तुलसा गौतम – दाहिने कुममा चोट, अवस्था सामान्य।
११. उनका ११ वर्षीय छोरा नितेश गौतम – टाउकोमा चोट, बोल्न सक्ने अवस्थामा, सामान्य।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार