रौतहट । रौतहट सदरमुकाम गौरमा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक २६ वर्षीया रुवीकुमारी साह हुन्। उनी माधव नारायण नगरपालिका–२, महादेवपट्टीकी रहिन्दै आएकी थिइन्।
स्थानीयका अनुसार रुवीकुमारीको विवाह भारतको मुजफ्फरपुरमा भए पनि हाल उनी माइतीघरमै बस्दै आएकी थिइन्।
गएराति गौर–सिरसिया सडकखण्डअन्तर्गत दिव्यज्योति स्कुलको गेट नजिकै ठूलो सुटकेस देखिएको थियो। तर प्रहरीले आज बिहान मात्र सुटकेस खोलेर शव फेला पारेको हो।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार घाँटी कसेर हत्या गरी शवलाई सुटकेसभित्र राखिएको हुनसक्छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।
यस घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







