हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकामा चोरीका घटना दिनदिनै बढिरहेका छन्। हल्दीबारी–२ खासाङबारीमा गएराती चोरी गर्न आएका एक व्यक्तिले घरधनीले थाहा पाएपछि साथमा ल्याएको साइकल, रड र चप्पलसमेत त्यहीँ छोडेर फरार भएका छन्।
हाल उक्त साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, साइकल चिन्नुहुने महानुभावलाई प्रहरीलाई जानकारी गराइदिन अनुरोध गरिएको छ।
स्थानीयवासीले पछिल्ला दिनमा हल्दीबारी क्षेत्रमा चोरीका घटना तीव्र रुपमा बढेको भन्दै सुरक्षा व्यवस्था कडाइ गर्न माग गरेका छन्। हल्दीबारी प्रहरी चौकीका अनुसार प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको र साइकलको पहिचान छिटै हुन सक्ने जनाएको छ।
तस्बिर: हरिकृष्ण अधिकारीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
+1
+1
1
+1







