झापा । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार चीनको थियानजिनमा भेटवार्ता भएको छ।
थियानजिन अतिथि गृहमा भएको उक्त भेटमा दुई देशबीचका आपसी चासोका विषय, द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे छलफल गरिएको अधिकारीहरूले बताएका छन्।
यो भेटवार्तालाई नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री ओली शनिबारै आफ्नो औपचारिक भ्रमणका लागि चीन पुगेका हुन्। उनको साथमा नेपाल सरकारका मन्त्री तथा उच्च पदाधिकारीहरूको टोलीसमेत रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







