हल्दीबारी, झापा । राष्ट्रिय युवा संघ नेपाल, हल्दीबारीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा कुमार मैनाली सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।

नेकपा एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार, अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

नवगठित कार्यसमितिको अन्य पदाधिकारी यस प्रकार छन्:

उपाध्यक्ष: संजय नेम्वाङ, सचिव: प्रज्वल रायमाझी , सहसचिव: उमेश खनाल र राज तिम्सिना , कोषाध्यक्ष: सुशीला मर्डि छन् ।

त्यसैगरी कार्यसमितिका सदस्यहरूमा आयुस निरौला, रुपेश शिवाकोटी, गोविन्द कार्की, प्रिती रेग्मी, उत्सव भट्टराई, विशाल सोरेन, राज कुमार ढुँगाना, आस्था संग्रौला, सुजता भट्टराई, मुना आचार्य उप्रेती, दिनेश शिवा, रोसिन नेम्वाङ, सुसन ढकाल र नाइसा सिग्देल सर्वसम्मत चयन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार