झापा, भदौ १४ । झापाको बिर्तामोड–२ चैतुबारीमा सञ्चालन भइरहेको दिवाकर फर्मा बाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद भएको छ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बेलुकी सो फर्मामा छापा मार्दा ट्रामाडोलका ३०० पत्ता (३ हजार क्याप्सुल) र ‘Pregex-75’ नामक औषधिका ३० पत्ता (३ सय क्याप्सुल) फेला परेको हो।
सो फर्माका सञ्चालक, बिर्तामोड–३ निवासी ३८ वर्षीय किरण राजवंशीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







