झापा, २०८२ भदौ १५ । झापा जिल्ला कचनकवल गाउँपालिका–२ रतिबारीकी ४६ वर्षीया उजारु राजवंशीको पानीमा डुबेर मृत्यु भएको छ।

स्थानीयका अनुसार उखारू राजवंशीकी पत्नी उजारु राजवंशी सोही वडामा बस्ने झारु राजवंशीको खेतमा माटो निकाल्न खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेको अवस्थामा फेला परेकी थिइन्। घटना अन्दाजी साँझ ५ बजेतिर भएको जनाइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार