झापा,१९ भदौ । जिल्ला झापाको कमल गाउँपालिका–५, पाडाजुगी चोक स्थित लागुऔषध बिक्रि वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा दमक ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तीनजना व्यक्ति नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको हो। डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ।

कुनै थप अनुसन्धानका लागि उनीहरूलाई ई.प्र.का. दमकमा ल्याइएको छ। नियन्त्रणमा परेका व्यक्तिहरू यस प्रकार छन्:

झापा दमक न.पा.–८ का भोला अमात राय (३१), दमक न.पा.–८, किरात चौक बस्ने आलम खान (२०), र झापा दमक न.पा.–७, सुकुम्बासी टोल बस्ने राजिव मण्डल (२८),  रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार