झापा, २१ भदौ । झापा जिल्लाको भद्रपुर नगरपालिका–३ भैसाबाडीस्थित मेचि खोलामा एक पुरुषको मृत शरीर फेला परेको छ।
शुक्रबार बिहान स्थानीयले खोलाले बगाइरहेको अवस्थामा देखेपछि बाहिर निकाली हेर्दा उनी मृत अवस्थामा रहेको पाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार मृतकको परिचय पछि खुलेको छ। मृतक झापा कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६५ वर्षीय सोनुलाल मुर्मु भएको पुष्टि छोरी सुसिला मुर्मुले गरेकी हुन्।
घटनाबारे प्रारम्भिक जानकारी अनुसार मुर्मु नेपालबाट भारततर्फ छोरीको घर जाने क्रममा मेचि खोला पार गर्ने क्रममा डुबेका थिए।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







