काठमाडौं। राष्ट्रसेवक कर्मचारी समाजले राजधानीको बालाजु बाइसधारा उद्यानमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका सभाध्यक्ष उदयकुमार राणाले दोसल्ला ओढाएर स्वागत गरेका थिए भने प्रमुख अतिथि डा. केदार नरसिंह के.सी.ले शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सम्मान–पत्र प्रदान गरी सार्वजनिक अभिनन्दन गरे।

विशेष अतिथि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्तासहित विभिन्न अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा महिला र पुरुष गरी जम्मा ३७ जनाले रक्तदान गरेका थिए।कार्यक्रमको संयोजन विनोद न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार