झापा हल्दिबारी ५ स्थित त्रीबेणी युथ क्लब ले बाल दिवस–२०८२ अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। क्लबले स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
कार्यक्रममा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत ६८ जना विद्यार्थीहरू सहभागी रहेका थिए। उनीहरूलाई शैक्षिक पुस्तिका, सिसाकलम लगायतका सामग्री वितरण गरिएको क्लबले जनाएको छ।
उक्त सामग्रीहरू क्लबका प्रवासी सदस्यहरूको सौजन्यमा उपलब्ध गराइएको हो। बालबालिकामा अध्ययनप्रति उत्साह जगाउने र शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने उद्देश्यका साथ सामग्री हस्तान्तरण गरिएको आयोजकले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







