हल्दिबारी । यस वर्षको दसैँको टीका असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार सोही दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको छ । यसअघि असोज ६ गते सोमबार घटस्थापनाका दिन बिहान ९ बजेर १३ मिनेटमा जमरा राख्ने साइत तोकिएको छ । त्यस्तै असोज ७ गते मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा सरकारी कार्यालयमा विजयादशमीको अवसरमा झन्डा फेर्ने साइत तय गरिएको छ ।
समितिले असोज १३ गते बिहान ७ बजेर १५ मिनेटमा फुलपाती भित्र्याउने साइत रहेको जानकारीसमेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







