काठमाडौं, नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिका कार्यसमिति गठनका लागि आयोजना गरिएको भेलाले नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्य प्रमुख आतिथ्य रहनुभएको थियो। भेलाले राम रञ्जितको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा श्याम मुनिकार उपाध्यक्ष, राजेश मानन्धर सचिव, निरू महर्जन कोषाध्यक्ष, प्रचण्ड कारञ्जित, सुरेश सिलाकार, सुजिता अधिकारी, बिनोद खड्गी र मैञा महर्जन सदस्य रहेका छन्।
भेलामा स्थानीय समाजसेवी प्रकाश लाल श्रेष्ठ र कृष्ण शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा अध्यक्षता नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं जिल्लाध्यक्ष राधाकृष्ण तण्डुकारले गर्नुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







