एजेन्सी । युरोपका ठूला विमानस्थलहरूमा शनिबार ‘साइबर–सम्बन्धित अवरोध’ले सामान्य सेवामा बाधा पुर्‍याएको छ।

कोलिन्स एरोस्पेसका अनुसार, चेक–इन र ब्यागेज ड्रप प्रणाली प्रभावित हुँदा उडानमा ढिलाइ र रद्द हुने अवस्था देखिएको छ।

ब्रसेल्स विमानस्थलले शुक्रबार राति साइबर आक्रमणपछि कम्तीमा १० उडान रद्द र १७ उडान ढिलाइ भएको जानकारी दिएको छ।

म्यानुअल चेक–इन र बोर्डिङ सेवाबाट सेवा जारी राखिएको छ। यात्रुलाई उडानको स्थिति जाँच्न एयरलाइन्ससँग सम्पर्क गर्न निर्देशन दिइएको छ।

लन्डन हिथ्रो र बर्लिन विमानस्थलमा पनि प्रविधि समस्या कारण लामो प्रतीक्षा र उडान ढिलाइ हुन सक्ने चेतावनी जारी गरिएको छ। अधिकारीहरूले साइबर सुरक्षा विमानस्थल सञ्चालनमा अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार