हल्दीबारी । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै पाँच नयाँ मन्त्री नियुक्त गर्नुभएको छ।
अनिलकुमार सिन्हा कानुन, उद्योग–वाणिज्य तथा भूमि सुधार मन्त्रालयमा, महावीर पुन शिक्षा मन्त्रालयमा, संगीता कौशल मिश्र स्वास्थ्य मन्त्रालयमा, मदन परियार कृषि मन्त्रालयमा र जगदीश खरेल सञ्चार मन्त्रालयमा नियुक्त भएका छन्।
राष्ट्रपतिका अनुसार नयाँ मन्त्रीहरूको शपथग्रहण समारोह आज अपरान्ह ३ बजे शीतल निवासमा हुने तय गरिएको छ।
यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







