झापा । झापामा  दुईवटा अलग-अलग घटनामा मानवीय क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, पाँच वर्षीया बिष्णुमाया दर्जी मिति २०८२।०६।०५ गते दिउँसो करिब २ बजे बेपत्ता भएकी थिइन्।

उनको खोजतलाशको क्रममा, ६ गते बिहान ७:१० बजे घर नजिकैको सानो माई खोलामा डुबेर मृत फेला परेकी छन्। शव पोष्टमार्टमको लागि प्रदेशिक मेची अस्पताल पठाइएको छ।

त्यसै दिन बिहान ९ बजे दमक नगरपालिका–५, आम्दा रोड स्थित भित्री सडक खण्डमा अर्को दुर्घटना भयो। मे १० प १५७१ नम्बरको मोटरसाइकलले पैदलयात्री ४२ वर्षीया देवी बि.क. लाई ठक्कर दिएको थियो।

उनलाई तत्काल खरखरे आम्दा अस्पताल पुर्‍याइएको भए पनि, डाक्टरहरूले १०:१० बजे मृत्यु घोषणा गरे। मोटरसाइकल चालक २३ वर्षीय निराजन विष्ट नियन्त्रणमा लिइएको छ।

दुबै घटनामा प्रहरी अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार