झापा । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च स्तरमा पुगेको छ। आज बिहान गरिएको मापन अनुसार, कोशीमा प्रति सेकेण्ड ३ लाख ३५ हजार ३६० क्यूसेक पानी बगिरहेको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहान ८ बजेको मापनमा नदीको सतह निरन्तर बढ्दै गएको देखिएको छ। यसैबीच, कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएको छ। तर, अहिलेसम्म नदीको किनारमा कटान वा ठुलो क्षति भने भएको छैन।

जिल्ला प्रशासन र स्थानीय सुरक्षा निकायले सतर्कता अपनाउँदै राहत तथा निगरानीको तयारीलाई तीव्र बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार