✍️ रमेश कुमार सुवेदी 🇳🇵
हिजो शनिबार गाउँमा लाग्ने स्थानीय हटिया (बजार)मा एउटा मान्छे मातेर साइकल माथि चढेर घर तिर जाँदै थियो। केही पर पुगेपछी उ लड्यो। उसले साइकलमा झुन्डियाएको टमाटर,आलु र खोर्सानी बाटै भरी छरिएर छरपस्ट भयो। उ केही गुनगुनाउदै उठ्यो र हुर्रिएर साइकल छेउमा गएर पुन: लड्यो। फेरि गुनगुनाउदै उठ्यो । साइकललाई एक लात हिर्कायो। फेरि गुनगुनायो। यो क्रम निरन्तर चली रहेको थियो। उसलाई चित्त बुझेन छ क्यारे ! गुनगुनाउदै ( सानो श्वरमा बोल्नु ) साइकललाई बल लगाएर उचाल्यो र भुइँमा थेचार्यो।
के भन्न खोज्दै छ – वरिपरिका मान्छेले चासो राखेर छेउमा गए।
– Lucifer- Lucifer – भन्दै साइकललाई हिर्काउदै रहेछ।
म हटिया गएर करिव दुईघन्टा पछि घर आए। सामान राखेर छोरोलाई भाइ(छोरालाई पुर्वेलीले प्यारो गरि बोलाउने शव्द)
चिया बनाउ त , भनेर फेसबुक खोलेर बसे। फेसबुक भरी
– धेरैले त्यो घटनाको भिडियो खिचेर हालिसकेछ्न। भिडियोले भाइरल हुने मौका पाएछ । भिडियो बनाउन नपाएकाले सेयर गरेछ्न,सेयर गर्न मन नलाग्नेले कमेन्ट गरेका रहेछ्न।
अहिले देशै भर भाइरल हुँदै गएको छ – ‘ Lucifer ‘ ओ ‘ Lucifer ‘ मलाई पनि कमेन्ट गर्न मन लाग्यो लेखिदिए
‘ चित्र र चरीत्र – आफै बोल्छ ‘।







