✍️इन्द्र प्रसाद ओली

राजनितिका आ आफ्ना व्याख्या गर्ने शैली वा विभिन्न आयम हुन सक्छन ,विभिन्न कोणबाट परिभाषित हुन सक्छ । तर राजनिती खास अर्थमा राज्यको सिमा भित्र रहेका तल्लो तह देखि उपल्लो तह सम्मका जनतालाई समान दृष्टिकोण राखी आँखा देखाउने , तिनी हरुको हक अधिकार शुनिश्चित गर्ने गराउने , नागरिक र राष्ट्रको हित चिताउने , सबैको भलाइ गर्दै , राष्ट्र अन्तरार्ष्ट्र सँग सन्तुलन कायम गरि ,विभेद रहित समाजको स्थापना गर्दै , लोशुशासन को प्रत्याभुती दिलाउने शास्त्रको नाम हो राजनिती ।

संमक्षिप्त भन्नू पर्दा एउटा नेतृत्व दायी उच्च स्तरिय विचारको गति नै राजनिती हो ।

विचारले शासन सत्ताको मात्र कल्पना गर्दैन , राजनितिक सत्ता ढलेर गए पनि विचारको सत्ता कायमै हुन्छ । जसरी उन्नाइसौं सताव्दिमा बेलायतको स्वतन्त्र भुमिमा उभिएर कार्ल मार्क्सले एउटा विचार दिए संसार भरी त्यो विचारले एक पटक कब्जा जमायो , जसले पौने सताब्दी शासन पनि गर्‍यो , बिस्तारै राजनिती शक्ति ढलेर गए ,तर विचार आजका दिन सम्म कायमै छ ।

आधुनिक नेपालका परिकल्पना कार राष्ट्रपिता वडामहाराजधिराज पृथ्विनारायण शाह ले वि स १८०१ देखि साम ,दाम, दण्ड भेदको नीति अख्तियार गरि नेपालको एकीकरण लाग्नु भयो । नेपालका तीन विषेशता लाई बुझाउने प्रयत्न गरि विशाल नेपालको निर्माण गर्न सफल हुनुभयो जस्तै :- १. ऋषिमुनिहरुको जन्म र कर्मथलो वेद उपनिषद, पुराण तथा नीति शास्त्रहरुको पौराणिक वैदिक तथा वौद्ध भुमी हिमवतखण्ड नेपाल ।२. विस्वका राष्ट्रहरु मध्ये पुरानो सार्वभौम सत्ता सम्पन्न देश ।३. विस्वको एकमात्र वैदिक सनातन हिन्दु अधिराज्य यिनै तिनकुरालाई एकीकृतगरि एउटा विचार राष्ट्रनिर्माता पृथ्विनारायण शाह ले दिनु भयो । त्यो विचारले साम्रज्यवादी शक्ति सँग भिडेर पृथ्विनारायण शाह, वहादुर शाह लगायत विभिन्न जातिका सपुतहरुले नेपालको सार्वभौमसत्ता बचाएर अनेकौ जाती , भाषा धर्म र क्षेत्रीयता लाई सन्तुलित राख्न र अनेकतामा एकता र एकतामा विविधता को नीति कायम गरेर बाइसे राज्यहरु , जुम्ला,रुकुम,दुल्लु,रासकोट,बिमकोट,खुम्री, बझाङ्ग,सल्यान, जाजरकोट, विलासपुर ,डोटि,सात्नी,बोगटान,बाजुरा,दाङ्ग,दैलेख, दर्ना, रोल्पा,( गजुल) मालनेटा,जहारी,थलरा, अछाम र चौविसे राज्यहरु गोर्खा,ढोर,कास्की,तनहुँ ,पाल्पा, पर्वत प्युठान, नुवाकोट, भिरकोट, सतौकोट्स,रिसिङ्ग,गुल्मी, धुरकोट,गलकोट,उदयपुर,स्यान्जा, गर्‍हौकोट,लम्स्जुङ्ग,पैयुँ अर्घा,इस्मा,मुसिकोट, मुताङ्ग । अन्य कान्तिपुर भक्तपुर ,लतितपुर,चौदण्डी, मकवानपुर, बिजयपुर आदि स्वतन्त्र राज्यहरुलाई एकीकरण गरेर अग्रेजी साम्रज्यले खान लागेको अवस्थामा सुर्य, चँन्द्रमा फराएर विशाल नेपाल एवम विस्वको एकमात्र वैदिक सनातन हिन्दु अधिराज्य ( गुरु देश ) बनेको हो ।

यो पृथिविचार ( पृथ्विपथ) ले शाहवंशिय परम्परा अनुसार करिव २०३९ वर्ष सम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा शासन गरेको पाउइन्छ । हाल राजको शासन सत्ता ढ्लेर गए पनि त्यो विचार त कायम छ त्यसकार विचार यस्तो चिज हो जो मर्दैन र विचार कहिल्यै मर्न पनि दिनु हुदैन

मानव सभ्यताको लागि मानव मष्टिकबाट उत्पादित चिन्तन र विचार हरु निरन्तर फैलिदै जानू परिवर्तित गतिशिल हुँदै विचारले मानव सभ्यतालाई हाक्नु पर्छ त्यसकारण पृथ्वी विचार दिव्य उपदेश नेपालको लागि सार्थक छन । यिनै विचारको सामिप्यकाकारण अनेकता मा एकता , एकतामा विविधता को नीति कायम रहेका कारण विभिन्न जात -जाती भाषा – भाषी धर्म संस्कृती ,परम्परा रितिरिवाज, पन्थ , सम्प्रदाय भेष- भुषा आदि यथावत कायम रहेर राष्ट्रीय पहिचान ,अखण्डता कायम रहि स्वाधिनता स्वाभिमान नेपाल र नेपाली भएर सगौरव गर्न पाएका छौ ।

यसै गरि प्रजातन्त्र समाजवाद को विजारोपण जननायक वि पि कोइरालाको नेतृत्वमा नेपालमा स्थापित भयो भने पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट विचार को बीउ रोपियो । ती विचारहरु परिस्कृत हुँदै मत मन्तान्तर रहदै हुर्कदै विभिन्न उतार चडाव झेल्दै वि स २०४६ सालमा नेपाली काँग्रेस एकीकृत मार्क्स वाद लेलिनवाद ( वाम घटक ) संयुक्त आन्दोलन सहभागी भएर निर्दलिय पंञ्चायती व्यवस्था ढल्यो , बहुदलिय प्रजान्त्र स्थापना भयो र कम्युनिष्ट पुँजिवादी तन्त्र ( कपुतंन्त्र) शासन सत्तामा आयो । वि स २०४७ साल देखि आलो पालो गर्दै सत्तामा पटक पट्क रजगज रहयो । वि स २०६३ साल पछि मावादी समेत कम्युनिष्ट पुँजिवादी विचारमै सहभागिता भएर संसदयी अभ्यासमा भाग लियो , सरकारको नेतृत्वमा समेत सफल हात पार्‍यो । अन्य स साना राजनितिक दल पनि धेर थोर सरकारमा सहभागी भए । पार्टी वा दलका नाम व्यानरमा अलग देखिए पनि मुलत सबै राष्ट्र राज्य सिद्धान्त तथा कम्युनिष्ट पुँजिवाद विचार मा थिए ,त्यसकारण ४/५ वटा दल समेत मिलेर सरकार ढाल्ने सरकार मा जाने दोहोरी चलिरहयो पछिल्लो समय साम्म यहि कायम थियो । हेर्दा फरक भए पनि उहीँ मुलाको चाना उहीँ मुला को सिन्की भनेझैं थिए । यद्यपि यो विचारले पनि नेपालमा ३५/३६ वर्ष शासन गर्‍यो ।

वि स २०८२ भाद्र २३ र २४ गतेको जेन्जी पुस्ताको आन्दोलन ले दुई दिन ( १८ घण्टा)को आन्दोलनले सत्ता ढल्यो तर बहुसंख्यक नेपाली जनता कम्युनिष्ट पुँजीवादी विचारमा आबद्ध भएका हुदा विचार मरेको छैन ।

प्रशन ? उठ्छ यतिका सकृय सदस्य रहेको दल पार्टी को सरकार कसरी अठार घण्टाको आन्दोलन ले सोरपटार पारेर बडार्‍यो भन्ने चौतर्फी चर्चा रहेको छ रहनु स्वभाविक हो ।

वि स २०४६ साल पछि वहुदलिय व्यवस्थामा विभिन्न राजनितिक दल गत चिन्तन हरु प्रशस्त देखा परे पनि राष्ट्रीयताको सवालमा प्रजान्त्रलाई कसरी समयानुकुल र नेपाली माटो अनुसार सुदृढ गर्ने भन्ने तिर प्राय: सबैको चासो कम रहयो । कसरी एक ले अर्कालाइ दोष थुपार्ने गाली गर्ने नागरिक लाई भ्रमित बनाइ सत्तामा जानू नै राजनिती हो भन्ने मात्र नेतृत्वको बुझाइ रहयो । पार्टी ,दल भन्दा व्याक्ती हावी हुँदै गए अन्तराष्ट्र जगत ले नेतृत्वको कमि कमजोरी राम्रो सग बुझेका थिए, कुनै पनि दिन कुनै पनि पार्टी , दल ले विशिष्ट नेतृत्व ,सामुहिक कर्तित्त्व , संस्था गत स्वामित्व को आभास दिन वा अभ्यास गर्दै गरेनन । जुन दल को सरकार भए पनि सरकार वा प्र म जो बन्यो उसैको सरकार भन्ने मात्र अर्थ लाग्यो सामुहिक कर्तित्व सस्थागत स्वामित्व हुन सकेन ।

कम्युनिष्ट पुँजिवाद को ३५/३६ वर्षमा करिव ४० वटा सरकार गठान , देश मा काण्डैकाण्ड भ्रष्टचार बेथिती भएका कल कारखाना बन्द हुनु स्वास्थ्य, शिक्षा, सबैको पँहुच नहुनु विरोजगारी , देश को अर्थतन्त्र कमजोर , वैदेशिक ऋण थपिनु , राष्ट्रीयता अखण्डता ,स्वाधिनतामा प्रश्न चिन्ह खडा हुनु ,उपपहिचान अर्थावत जातिय धार्मिक र क्षेत्रीय नष्लीय जस्ता पहिचान लाई एक अर्का विरुद्ध भिडाउने“ विभाजित गर्दै राज गर ´´ को औपनिवेशिक रणनितिको प्रयोग , अग्रगमन र प्रगतिशिलका आकर्षण तर विदेशी प्रतिमानको षड्यन्त्रपुर्ण नारा बाट जनतालाइ वकाएर राजनिती, जतिनै धेरै ठुला दल एवम संख्यात्मक वा संघ संगठन सकृय सदस्य रहेको भनी अंहकार पनि दुई दिन ( अठार घण्टा) को सामाजिक सञ्जाल बन्द भएको मा एजेण्डा मा जेनजी ले गरेको आन्दोलनले सामाजिक सञ्जालमात्र सुचारु गरेन सत्ता नै ढल्यो , देशै भरिका स्थानिय तह देखि संघिय सरकारका नेतृत्व शासक प्रशासक आत्मासपर्ण गरि भाग्नु पर्‍यो नेपालको ईतिहास मा यस्तो चमत्कारी आन्दोलन भएको नि थिएन । कलिला उमेरका भाइ बहिनीहरु ७६ जनाले सहादत प्राप्त गरे भनी कौयौं अस्पताल को बेडमा घाइते छन । ठूलो जन धन को क्षेती हुन पुग्यो ।

यसरी यो हुनुमा को दोषी भनी चौतर्फी वहश छ कतिले विदेशी प्रतिमान लाई दोष दिएका छन भने कति ले नेतृत्व लिने सरकार र सबै पार्टी दल र अन्धभक्त भएका कार्यकर्ता नै दोषी हुन भनी चर्चा गरेका छन ।

यसमा मलाइ लाग्छ नेपालको मौलिक प्रजातान्त्रीक चिन्तन लाई लाई केलाएर वास्तविक ईतिहास लाई जन जन मा पुर्‍याउन लागि नपर्ने राजनिक विष्लेषक , चिन्तक , साहित्य जगत र धर्म गुरुहरु समेत कहिन कहि दोषी देखिन्छ ।

राष्ट्रीयता धरातलमा रहेर मन्थनपुर्ण प्रतिकृया लेख्ने आँट हिम्मत सहास नराख्नु, आफुले आस्था राखेको दल जतिसुकै फोहरी भए पनि सफा गुगर देख्नु , स्थानिय टोल बिकाश खाने पानी , मठ मन्दिर क्ल्व जताततै राजनितिको चरम भागवण्डा गर्ने प्रबृती र शिक्षा संस्था देखि शासक प्रशाशक न्यायलय , सुरक्षा निकाय नै दलका कार्यकर्ता युनियन आदि पनि विशेष दोशी हुन ।

दल भन्दा फरक स्वतन्त्र नागरिक को जतिसुकै महत्वपुर्ण अभिव्याक्ती भए पनि सुनवाइ नहुनु स्थानिय तह देखि संघिय सरकारले सम्म को चरित्र एकै नासको हुनु आदि आदि हुन ।

यसैको परिफेरिमा वर्तमान संकट निम्तिएको छ।एकातिर बाघ अर्को तिर भिर भन्ने लोकयुक्ती छ । यसतो अवस्था लाई सहन गर्न नसकी सामाजीक सञ्जालको एजेण्डा मा जेन्जी पुस्ताको आन्दोलन नै सबै नागरिक को आन्दोलन हुन पुग्यो पोखरी मा जम्मा भएको पानी बाधले थाम्न नसकेर बाध फुटेर सबै सोरपटार पारी दिएको छ ।

। हामिले जेनजी पुस्ता युवाहरू र विद्यार्थीहरूको आन्दोलनको शुष्म रुपबाट केलाएर हेर्दा सुरुमा एक ऐतिहासिक पहलको आभास दिलायो, तर केही घण्टामै यसको अराजक, बर्बर र दिशाहीन स्वरूप देखा पर्न थाल्यो। अतीतका १५० वर्षमा यहाँ अनेकौं आन्दोलनहरू भए, धेरैले बलिदान दिए, तर सामन्तवादको जकडबाट जनता मुक्त हुन सकेनन्। निःसन्देह, वि स २०५२ साला फागुन १ गते बाट माओवादी नेतृत्वमा सुरु भएको जनयुद्धले वि स २०६२/६३ मा राजतन्त्र लाई समाप्त पार्‍यो । करिब २५० वर्ष पुरानो राजतन्त्र हटेर गणतन्त्र आयो। त्यो एक सफल क्रान्ति थियो ।

तर त्यसबेलादेखि नै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिक्रमणकारी( विदेशीप्रतिमान) शक्तिहरू सक्रिय भए।

नेपालमा माओवादीहरूको सफलता र वामपन्थी लहरले साम्राज्यवादी मुलक लाई सबभन्दा धेरै त्रसित बनायो। छिमेकी चीन नहुँदो हो र नेपाल कुनै लाटिन अमेरिकी मुलुक भएको भए, उसले आफ्ना सैनिक धेरै अघिनै उतार्थ्यो। उसले चाहेको थियो नेपाललाई पनि इन्डोनेसियाको अवस्थामा पुर्‍याउन जातिय नष्लिय डेमोग्राफ फाली रहे पनि तर सकेन। त्यसैले धैर्यपूर्वक उपयुक्त समयको पर्खाइ गर्‍यो। वि स २०६२/ २०६३ पछि बितेका १७ वर्षमा सत्ताको शिखरमा पुगेका नेताहरूको आचरण, भ्रष्टाचार र जनताका आधारभूत मागप्रति गरेको उपेक्षाले नेताहरू र जनताबीचको दूरी यति बढायो कि अब त्यो दूरी कम गर्न असम्भवझैँ लाग्छ। पुर्व प्र म केपी ओली हुन् वा शेरबहादुर देउबा प्रचण्ड त्रीपक्षिय लाई हेर्दा को बढी भ्रष्ट भन्ने ठम्याउन गाह्रो छ, , तर प्रचण्ड त एक विचारधारामा अडिएका कम्युनिष्ट नेता भएका कारण उन को नामसँग “भ्रष्ट” शब्द जोडिनु, अरू दुवैको भ्रष्टाचारभन्दा कैयौँ गुणा बढी गम्भीर मानिन्छ ।

राजतन्त्रको अन्त्यसँगै सबैभन्दा बढी असहज अमेरिका भयो। २००३ फेब्रुअरी २८ मा वाशिङटनमा अमेरिकी उप सहायक विदेश मन्त्री डोनाल्ड क्याम्पले भनेका थिए—यदि नेपालमा माओवादी सफल भए भने यसले अमेरिकाको राष्ट्रिय हितमा चोट पुर्‍याउँछ। उनले नेपालको स्थितिमा अमेरिका ‘हरेक दिन’ नजर राखिरहेको पनि भनेका थिए। त्यो बेलामा जनयुद्ध चलिरहेको थियो। दक्षिण एशियामा भारतको सहयोग बिना अमेरिकाले आफ्नो प्रभुत्व जमाउन सक्दैन र भारत सधैँ राजतन्त्रको पक्षमा रह्यो। नेपालको सन्दर्भमा ‘ट्विन पिलर थ्योरी’ अर्थात् दुई स्तम्भको सिद्धान्त—एक राजतन्त्र र अर्को राजनीतिक दल—लाई स्थायित्वको आधार ठानिन्थ्यो। तर, यी सबैका बाबजुद प्रचण्डको नेतृत्वमा जनमुक्ति सेनाले राजा ज्ञानेन्द्रको नेतृत्वमा रहेको शाही नेपाली सेनालाई हरायो र राजधानी काठमाडौं चारैतिर घेर्‍यो। अमेरिका मौन बस्न बाध्य भयो।

त्यसपछि अमेरिकाले नेपाली सेनाभित्र घुसपैठ सुरु गर्‍यो र गणतन्त्र आएकोपछि यो प्रक्रियाले गति पायो। अघिदेखि भारत र नेपालबीच सेनात्मक ‘बिरादरी’ सम्बन्ध रहेको मानिन्थ्यो र त्यो हदसम्म सत्य पनि थियो। तर अमेरिकाको प्रवेशप्रति आम रूपमा ध्यान दिइएन। प्रचण्डलाई यसबारे चेतावनी दिइँदा पनि उनले यसलाई सामान्य ठाने। एक अपुष्ट जानकारी अनुसार सुरक्षा निकाय र उपल्लो दर्जाका निजामती अधिकारीहरू अमेरिका–प्रभावमा छन् र यो क्रम लामो समयदेखि चल्दै आएको छ भनी स्रोत ले बताउने गर्दछन ।

सोशल मिडिया प्रतिबन्धलाई बहाना बनाएर सुरु भएको ‘जेन–जी आन्दोलन’ युवाहरूका वास्तविक मागलाई लिएर देखापरेको थियो र पहिलो नजरमा स्वतःस्फूर्त झैँ लाग्थ्यो। तर त्यो स्वतःस्फूर्त थिएन, बरु योजनाबद्ध र व्यवस्थित थियो। युवाहरूका वास्तविक गुनासोहरूलाई आफ्नो पक्षमा प्रयोग गर्ने शक्तिहरू पर्दा पछाडिबाट सञ्चालन गरिरहेका थिए र अमेरिका गणतन्त्र, लोकतन्त्र र वामपन्थविरोधी आफ्नो एजेन्डा लागू गर्न प्रतिक्रान्तिको तयारी गर्दै मैदानमा उत्रिसकेको थियो भनी जानकार हरुले बताउने गरेका छन ।संकाको दायरामै छ पुर्ण रुपमा बाहिरिएको छैन । आन्दोलनको दोस्रो दिनमै यसको आभास सर्वसाधरण नागरिकले समेत गर्न थाली सकेका थिए। एउटा समचार बाहिरियो कि सेनाप्रमुखले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन भनेका छन्। यसअघि नेपालमा कहिल्यै पनि सेनाप्रमुखले निर्वाचित प्रधानमन्त्रीलाई आदेश दिने आँट गरेको थिएन। आन्दोलनकारीहरूले जति ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट गरे, त्यसले पनि देश र जनताप्रति उनीहरूको प्रतिबद्धता कस्तो थियो भन्ने देखायो।

यो आन्दोलन कसले सञ्चालन गर्‍यो भन्ने कुरा विस्तारै बाहिर आउने नै छ ।। मुख्य पात्रहरूमा विहिन्न व्यक्ती संस्था जनप्रतिनिधी रहेका केही अपुष्ट समचारले सवर्त छाएको छ । ‘हामी नेपाल’ एनजीओलाई केही अमेरिकी कम्पनीहरूले करोडौँ रुपैयाँको आर्थिक सहयोग दिएका थिए भन्ने कुरा समेत आएको छ ।

नेपाल कुन दिशामा जानेछ भन्ने दुविदा रहेको छ । अहिले नेपाल आफ्नो इतिहासको सबैभन्दा भीषण मोडबाट गुज्रिरहेको छ। दुई दिनको आन्दोलन ले अवस्था व्यावस्था नै परिवर्तन ठूलो धनजनको क्षेती भए सँगै अब नेपालका सचेत वर्ग पनि आत्ममन्थन गर्न वाद्ध देखिन्छन ।

त्यसैले आज सबभन्दा ठूलो आवश्यकता हो–अत्यन्त सजग र सतर्क रहदैं नेपालको माटो सुहाउँदो पृथिविचार लाई नै आत्मस गर्ने को संख्या ठूलो देखिदै गएको छ ।

विदेशी प्रतिमान का विचारले नेपाली को जीवन स्तर र राजनिती स्थाइत्व दिदैन भन्ने पाठ सबैले सिक्न बुझ्न जरुरी भएको छ । अब नेपाल का सचेत नागरिक मध्यमार्गी मा जान आवश्यक छ दुई फप्ल्याटे विचारमा जानू हुदैन भन्ने प्रष्ट्र भएको छ । हरेक नेपालीले गहिरो मन्थन गरि निन्म कार्यहरु गर्न जरुरी छ ।

निम्न :-

१) २०७२ को संविधान संशोधन वा २०४७ को संविधानमा टेकि वहुदलिय प्रजातन्त्र संवैधानिक राजतन्त्रको पक्षमा सर्वत्र बहश चलाइ धारणा तयार गर्ने ।

 

२) एमाले , काँग्रेश , माओवादी ,रास्वपा , राप्रपा र अन्य राजनिक पार्टी दल ले एक अर्कालाइ दोष दिने भन्दा पनि राष्ट्र हितको लागि साझा एजेण्डा तयार गरि वर्तमान अवस्थालाइ सहज निकाश दिन तयार हुने ।

३) सवैंधानिक ( एकताको प्रतीक ) राज संस्था निभिकल्प भएको हुदाँ सबै दल ले साझा एजेण्डा तयार गर्ने र राज संस्था लाई लिपिबद्ध अनुरोध गर्ने । सर्वसाधरण सबैमा राज संस्था रहदा का फाइदा र राज संस्था नरहदा का वेफाइदा सबै जिल्ला जिल्ला मा बहश गरि सबै नागरिक को भावना को कदर हुने उपयुक्त वातवरण तयार गर्ने

 

४) राज संस्था स्थापना गरि कार्यकारी प्रमुख प्र म जनताबाट निर्वाचित हुने व्यवस्था मिलाउने र विदेशमा रहेका ( एन आर एन ) नेपाली नागरिक ले मतदान गर्न पाउने व्यावस्था मिलाउने ।

५ ) प्रदेश खारिज गरि स्थानिय तह मिले सम्म घटाइ जिम्मेवार निकाइ बनाउने र स्थानिय तह मा गैर राजनितिक निर्वाचन गर्ने गराउने ।

६) संसद संख्या घटाउने समानुपातिक हटाउने र संसद मन्त्री बन्न नपाउने संसदले देश का नियम कानुन शासक प्रशाशक दुरुस्त चुस्त भ्रष्टचार रहित बनाउन केन्द्रीत हुने तथा राष्ट्रीय सभा सानो छरितो विषयगत विज्ञ व्यक्ती को समिती गठन गर्ने ।

७) विषयगत ज्ञान भएका व्यक्ती छनवट गरि भुगोल , लाई समेटी समावेशीता लाई प्राथमिकता राखी मन्त्रीमण्डल गर्ने गराउने।

८) प्रशासन प्रविधी मैत्री बनाउन विशेष जोड दिने ।

९) भ्रष्टचार मा दोषी ठहर भएका जो कोहि लाई पनि निष्पक्ष रुपमा कार्वाही को दाहेरामा ल्याउने र स्रोत नखुलेको सम्पती राष्ट्रीयकरण गर्ने नीति अबलम्बन गर्ने।

१०) राजनिती भग वण्डामा कुनै पनि संवैधानिक निकाय , न्याय क्षेत्र , शिक्षा क्षेत्रमा नियुक्ती नगर्ने , संक्षम व्यक्ती लाई अवसर दिने ।

११) स्थानिय तह देखि संघिय संसद , प्र म र मन्त्री एक ब्यक्ती दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था मिलाउने ।

१२) सहृदयता दर्शन राज्य राष्ट्र सिद्धान्त पृथिविचार लाई आत्मसत गर्ने , मौलिक रैथाने कृषि र शिक्षा स्वस्थ्यलाइ जोड दिने ।

१३) ॐ कार सबैको स अस्तित्व कायम गरि वैदिक सनातनॐ हिन्दु राज्य घोषणा गर्ने , यो बुदा किन घोषण गर्ने भन्ने सन्दर्भमा वहश चलाउने ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार