झापा, असोज २२ — झापाको हल्दिबारी गाउँपालिकामा एकै दिन दुई जनाले अलग–अलग स्थानमा झुण्डिएर आत्महत्या गरेका छन्।
हल्दिबारी गाउँपालिका–३ का ६७ वर्षीया मोहनलाल गिरी र हल्दिबारी गाउँपालिका–२ स्कुलचोक (भजनचोक) निवासी २६ वर्षीय राजेश राजवंशी ले छुट्टाछुट्टै समयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुवै जनाको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
1
+1
+1
5
+1
1







