झापा, असोज २४ गते। जिल्ला झापा बिर्तामोड नगरपालिका–८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विहीबार राति करिब १० बजे गोप्य सूचनाका आधारमा उक्त घरमा छापा मार्दा घरधनीसहित ११ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरूबाट ५२ पत्ती (एक बुक) तास, नगद दुई लाख पन्ध्र हजार पाँच सय पचास रुपैयाँ (रु. २,१५,५५०) र ९ थान मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेकाहरूमा —
१. काली प्रसाद राजवंशी, ३५ वर्ष, बिर्तामोड–८
२. भानु दाहाल, ५३ वर्ष, बिर्तामोड–८
३. राजन भट्टराई, ४६ वर्ष, बिर्तामोड–८
४. दिलिप प्रसाद राजवंशी, ३१ वर्ष, बिर्तामोड–८
५. ओमनाथ उप्रेती, ५० वर्ष, बिर्तामोड–८ (घरधनी)
६. निरज रोक्का, २५ वर्ष, बिर्तामोड–८
७. मनिष पौडेल, २९ वर्ष, बिर्तामोड–८
८. कुबेर मैनाली, ३५ वर्ष, बिर्तामोड–८
९. मनोज पौडेल, २६ वर्ष, बिर्तामोड–८
१०. स्वस्तिक ओली, ३७ वर्ष, बिर्तामोड–८
११. प्रितम उप्रेती, ३० वर्ष, बिर्तामोड–८

प्रहरीले पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय झापामा राखी जुवा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
5
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार