दमक, झापा । झापाको दमकमा केही समयअघि आन्दोलनका क्रममा हराएको सरकारी राइफल फेला परेको छ।
असोज २६ गते बिहान करिब सवा सात बजे, दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक स्थानीयले बेवारिसे अवस्थामा बन्दुक फेला परेको सूचना इलाका प्रहरी कार्यालय दमकलाई दिएका थिए।
जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेर जाँच गर्दा, उक्त बन्दुक २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालय दमकबाट लुटिएको ३०३ राइफल रहेको खुलेको प्रहरीले जनाएको छ।
राइफलसँगै त्यसको म्यागजिन पनि intact अवस्थामा भेटिएको छ। फेला परेको हतियार अहिले इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको छ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







