– राजकुमार कार्की
सिंहदरबार जल्दा कसैको हुँदैन सान
देश जलाएर कसैको हुँदैन पहिचान
आँखा अगाडि भौतिक संरचना जल्दा
घमण्डीका देख्ने आँखा सुन्ने हुँदैन कान!
गिदीमा लिदी नै भरिएपछि हुँदैन ज्ञान
ज्ञान भएको प्राणीमा हुँदैन अभिभान
नेपाल आमालाई जलाएर खरानी पारि
कहिल्यै दुनियाँको हाइ हाइमा हुँदैन सान!
आखिर त्यत्तिका रैछन् महानगरका दमकल
मान्छेको मन ढुंगा जस्तो पो रहेनछ कमसल
आन्दोलनमा त पानी बाढ्दै हिड्ने महानगर
सिंहदरबार जल्दा पिटिक्क हेरेन एक नजर!
सिंहदरबार दनदनी जल्दा पानी देन एक आरि
एम्बुलेन्सले पानी ओसारेर के धुने मात्रै हो सारी
के बैगुणी नै हुन् त काला चस्मा काला काला दारी
अभिमानको आगोले जल्दा भन्दैन कसैले कठैबरि!
उमेरको खाल्डोले एक दिन पक्कै आफैंलाई पुर्छ
इतिहासमा लेखिनलाई पक्कै समयले कुर्छ कुर्छ
केवल कलिला चिचिला निमोठ्न बचाउ मलजल गर
के एक थान निर्वाचनलाई नै रगतको होलीले पर्छ!?
निष्पक्ष छानबिन होस् तेईस चौबीस गतेको घटना
खेर नजाओस् परिवर्तनको लागि बगेको नै रगत
सुरक्षा निकायको वारुण यंत्र कता गयका फगत
हे भगवान यो धर्तीमा अब कहिल्यै नबगोस् रगत!
भित्र बाहिर कता कता बाट चल्यो चलायो गोली
निष्पक्ष छानबिन होस् भन्नै कतैबाट आउदैन बोली
एक अर्कालाई आरोप लगाएर उम्किन खोज्नेहरु
हिंसा भड्काइ अरु माथि किन आरोपित आजभोलि!?
भगवान पुरा गर्न देउ सबैका जीवनका कार्यकाल
भगवान नआओस् अब बिगत जस्तो दुर्दशा हाल
सकारात्मकतिर बदलियोस् मध्य रातको बक्री चाल
गाजाको नशाले हामीलाई नबनाओस् गाजाको ताल!
धन्यवाद।
शुभ बिहानी।







