झापा :झापा जिल्लाको अर्जुनधारा नगरपालिका–११, चाम्लिङडाँडामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ।

मृतक १० वर्षीय अनीश राई, स्थानीय इन्द्रबहादुर राईका छोरा हुन्।गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेको प्रहरीले जनाएको छ।

डसेपछि परिवारले तत्कालै अनीशलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए।

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो।

तर अस्पताल पुगेलगत्तै चिकित्सकले जाँच गर्दा अनीशको मृत्यु भइसकेको पुष्टि गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार