कहिले नेता भ्रष्टाचारी

कहिले जनता आन्दोलनकारी

कहिले युवा हतियारधारी

कहिले जेन्जी सडकभरि

आखिर गलत को हो ?

कोही सम्पत्तिको लोभ गर्छन्

कोही सम्पत्ति जलाउन पुग्छन्

कोही देशको नक्सा थप्छन्

कोही देशको नक्सा फेर्छन्

आखिर गलत को हो ?

कहिले नेता गलत भन्छन्

कहिले युवा फगत भन्छन्

सबै देशको चिन्ता गर्छन्

देशका लागि मर्छु भन्छन्

आखिर गलत को हो ?

नियम कानुन भुल्दा भुल्दै

हत्या हिंसा गर्न पुग्छन्

मौका परे लड्न थाल्छन्

आपसमा नै फुट्न थाल्छन्

आखिर गलत को हो ?

कहिले बम खसाल्दछन्

कहिले रगत पखाल्दछन्

रुदैछिन् ति निर्दोष आमा

दुखाउँदै मन सताउँदामा

आखिर गलत को हो ?

देशको चिन्ता गर्नेहरू

मानवता नै भुल्न पुगे

लौ भन्नोस् त अब यहाँ

देश बनाउने को छन् त्यहाँ ?

 

शान्ता उप्रेती

हल्दीबारी – १ (गोलधाप)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
3
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार