मेष: दिन राम्रो छ। साथीहरूको सहकार्यमा गरिएको लगानीबाट फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगति हुनेछ। राजनीति र परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष: दिन सामान्य छ। हरेक काममा अवरोध आउन सक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या हुनसक्छ। राजनीति र लगानीमा सावधानी आवश्यक छ।

मिथुन: दिन राम्रो छ। बोलीको प्रयोग परोपकारमा गर्नु लाभदायक हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। लगानीका क्षेत्र सबल छन्। दाजुभाइ र परिवारबाट सहयोग प्राप्त हुनेछ।

कर्कट: दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। कला प्रदर्शन र सामाजिक–राजनीतिक क्षेत्रमा सहभागिताको अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

सिंह: दिन सामान्य छ। बोल्दा ख्याल गर्नुपर्छ। अरूले फाइदा लिन सक्ने जोखिम छ। खर्च बढ्ने र मन चञ्चल हुने सम्भावना छ।

कन्या: दिन राम्रो छ। व्यापार वा लगानीबाट लाभ मिल्नेछ। रोगबाट मुक्ति र परिवारबाट सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा महत्वपूर्ण नियुक्ति पाउन सकिन्छ।

तुला: दिन राम्रो छ। योजना सफल बन्ने सम्भावना छ। पुराना साथीको साथ मिल्नेछ। स्वास्थ्य, शिक्षा र राजनीति क्षेत्रको प्रयास सफल हुनेछ। गुरुको आशीर्वाद लिएर अघि बढ्नु उपयुक्त छ।

वृश्चिक: दिन राम्रो छ। व्यापार र लगानीबाट लाभ हुनेछ। मित्र बढ्नेछन्। महत्वपूर्ण निर्णयअघि वरिष्ठको सल्लाह लिनु लाभदायक हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु: दिन सामान्य छ। सोचेको काम नबन्ने र सञ्चित धन खर्च हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

मकर: दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। शिक्षा र व्यापारमा फाइदा हुनेछ। राज्यसँग सम्बन्धित काममा सफलता मिल्नेछ।

कुम्भ: दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। छिमेकी र परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ। अनावश्यक यात्राबाट बच्नु लाभदायक छ।

मीन: दिन सामान्य छ। बोलीको कारण साथी टाढा हुन सक्छ। खानपानमा ध्यान दिनुहोस्। स्वास्थ्य र धार्मिक कार्यमा ध्यान दिनु लाभदायक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार