सांकेतिक तस्वीर
झापा, झापाको मेचीनगर नगरपालिका–२, सरस्वती चोकमा शनिबार बिहान ९ बजे १२ वर्षीय आराप बास्तोलालाई जंगली हात्तीले आक्रमण गरेको छ। घटना घर नजिकै सडकमा खेलिरहेको बेला भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बालकको घाँटी र शरीरमा चोट लागेको छ र उनलाई बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचारका लागि लगिएको छ। चिकित्सकहरूले उनको अवस्था मध्यम रहेको जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
1
+1







