झापा, कार्तिक ११ । झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आज बिहान करिब ४ बजे भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन्।

रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश–१–०१–००१ क ४२०९ नम्बरको रात्रि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसमा २५ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा घाइते भएका १९ जनालाई उद्धार गरी उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको र बाँकी ६ जना यात्रु भने आ–आफ्नो गन्तव्यतर्फ गएका छन्।

सडकमा कुनै प्रकारको अवरोध नरहेको र बस दुर्घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ।

माईधार प्रहरी चौकीबाट तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घाइतेको विवरण :

१. राजु भुजेल (३९ वर्ष) – मेचिनगर–६, बस चालक, टाउकोमा चोट, अवस्था मध्यम।

२. अम्बर बहादुर बुढाथोकी (६५ वर्ष) – रामेछाप, मन्थली–१०, घाँटी र ढाडमा चोट, अवस्था मध्यम।

३. इक्षा लिम्बु (१७ वर्ष) – झापा गा.पा.–३, निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम।

४. भिम प्रसाद पुरी (३५ वर्ष) – रामेछाप, मन्थली–९, बायाँ करङमा चोट, अवस्था मध्यम।

५. रबिलाल गनेस (२० वर्ष) – कचनकवल गा.पा.–४, टाउकोमा चोट, अवस्था मध्यम।

६. मिटु खत्री (६५ वर्ष) – रामेछाप, ठाडादेवी–३, ढाडमा चोट, अवस्था मध्यम।

७. परिना गनेस (२१ वर्ष) – कचनकवल–४, टाउको र ढाडमा चोट, अवस्था मध्यम।

८. सिमित्रा खड्का कार्की (३६ वर्ष) – बिर्तामोड–१०, हात र खुट्टामा चोट, अवस्था सामान्य।

९. एलोन कार्की (९ वर्ष) – बिर्तामोड–१०, टाउको र छातिमा चोट, अवस्था मध्यम।

१०. प्रदिप बहादुर बस्नेत (३० वर्ष) – दोलखा, बैनेश्वर–३, टाउकोमा चोट, अवस्था मध्यम।

११. अनु श्रेष्ठ (८ वर्ष) – रामेछाप, देउराली, टाउकोमा सामान्य चोट।

१२. कुमार बस्याल (२८ वर्ष) – दोलखा, तामाकोशी–३, छातिमा चोट, अवस्था सामान्य।

१३. भेमा राजबंसी (२७ वर्ष) – कचनकवल–६, छाति र काँधमा चोट, अवस्था मध्यम।

१४. रामकुमार श्रेष्ठ (३५ वर्ष) – बिर्तामोड–५, छाति र तिघ्रामा चोट, अवस्था सामान्य।

१५. रिदम श्रेष्ठ (९ वर्ष) – बिर्तामोड–५, हात र खुट्टामा चोट, अवस्था सामान्य।

१६. पुर्ण बहादुर नेपाली (२३ वर्ष) – बिर्तामोड–५, टाउको र काँधमा चोट, अवस्था सामान्य।

१७. सितल नेपाली (१८ वर्ष) – ठेगाना नखुलेको, आँखाको डिलमा चोट, अवस्था सामान्य।

१८. अविसेक राजबंसी (२१ वर्ष) – बाह्रदशी–५, नाकमा चोट, अवस्था सामान्य।

१९. श्यामलाल किस्कु (१८ वर्ष) – झापा गा.पा.–२, टाउकोमा चोट, अवस्था सामान्य।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार