सङ्खुवासभा । मंगलबार बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेट जाँदा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु रहेको भूकम्प गएको हो।
भूकम्पको तीव्रता ४.३ म्याग्निच्यूड मापन गरिएको केन्द्रले जनाएको छ। यसको धक्का छिमेकी जिल्ला भोजपुर, तेह्रथुम र ताप्लेजुङ लगायतका क्षेत्रमा पनि महशुस गरिएको थियो।
हालसम्म क्षति भएको विवरण भने प्राप्त भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







