झापा, १२ कात्तिक। जिल्ला झापा कमल गाउँपालिका–५ मंगलबारेमा लागूऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा पाँच जना व्यक्ति पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिष्णु राजबंशीको घरमा छापा मार्दा विभिन्न प्रकारका प्रतिबन्धित औषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद सामानमा Tramadol Hydrochlorides Capsules I.P. लेखिएको ८० पत्ता (८०० क्याप्सुल), SPASPAIN लेखिएको ३० पत्ता (३०० ट्याब्लेट), र Dicyclomine Tablet 20 mg लेखिएको ५० पत्ता (५०० ट्याब्लेट) रहेको छ।

पक्राउ पर्नेहरूमा :

१) कमल–५ का २७ वर्षीय बिष्णु राजबंशी

२) कमल–३ का २२ वर्षीय मौसम तामाङ

३) कमल–१ का १८ वर्षीय सावन जगेबु

४) शिवसताक्षी नगरपालिका–११ का २१ वर्षीय रुस्तम बर्देवा र

५) सोही स्थानका १९ वर्षीय रुचल मगर रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार